काठमाडौं । कोरोनाभाइरसको संक्रमण थप फैलिन नदिनका लागि जिल्ला प्रशासन कार्यालय पर्साले आज रातिदेखि जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सेना समेत परिचालन गर्ने निर्णय गरेको हो । मंगलबार मात्रै पर्सामा ३९ जना कोरोना संक्रमित देखिएका हुन् ।
निषेधाज्ञाको समयमा खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवा सञ्चालन गर्न पाइने छ । तर पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने गर्नुपर्नेछ ।
यस्तै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा २ बमोजिम नेपाली सेना समेत परिचालन गर्ने निर्णय गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
