कर्नाटकबाट १२ दिन लगाएर पोखरा आए, प्रहरी पुग्दा तीन तलाबाट हाम फाले

पोखरा । पोखरा महानगरपालिका ८ बस्दै आएका सोलुखुम्बुका अभिषेक बस्नेत करिब तीन महिनाअघि कामका लागि भारतको कर्नाटक क्षेत्र गएका थिए।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिन नदिन भारत सरकारले गरेको लकडाउनमा उनी परे। लकडाउन लम्बिरह्यो। त्यसैले उनले हिँडेरै नेपाल आउने निर्णय गरे।

Advertisement

७ दिनमा उनी कर्नाटकबाट नेपाल भारत सीमा आए र त्यहाँबाट ५ दिनमा पोखरासम्म। १२ दिनको यात्रा गरेर मंगलबार पोखरा आइपुग्दा बिहानको १० बजेको थियो । अभिषेक भारतबाट आएको थाहा पाएपछि स्थानीय तर्सिए। तत्कालै उनीहरुले वडामा खबर गरेपछि वडा प्रहरीसहित जनप्रतिनिधि पुगे।

प्रहरी देख्नेबित्तिकै अभिषेकले आफू बस्दै आएको तीन तलामाथिबाट हामफाले। उनको खुट्टामा सामान्य चोट लागेको छ। ‘गेटबाट भित्र मात्र छिन लागेका थियौं । भाइले माथिबाट झ्याम्मै हाम फालिहाले,’ पोखरा ८ वडाध्यक्ष रुद्र बरालले भने, ‘तर प्रहरीले तत्काल नियन्त्रणमा लिइहाल्यो।’

क्वारेन्टिमा बस्नुपर्ने डरले हाम फालेको हुनसक्ने वडाध्यक्ष बरालको अनुमान छ। उनले मुग्लिनबाट तरकारी बोक्ने गाडीमा चढेर पोखरासम्म आइपुगेको वडालाई जानकारी दिएका छन्। कर्नाटकबाट बिहारसम्म कति ठाउँमा हिँडेर त कति ठाउँमा अत्यावश्यक बसमा चढेर यात्रा गरेको बस्नेतले बताएका छन्।

More News last news
Loading...