पोखरा । पोखरामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
सोमबार बिहान पोखरा महानगर-१३ आर्बाका गजेन्द्र बहादुर बरालको रुखबाट लडेर मृत्यु भएको हो । ६१ वर्षीय बराल बिहान साढे ८ बजे घर नजिकै दवाङ खोलामा पाख्रीको रुखबाट खसेर घाईते भएको जनाइएको छ ।
घाइते बराललाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइए पनि डाक्टरले चेकजाँचका क्रममा मृत घोषित गरेका थिए ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
