पोखरा । आइतबार पोखरामा विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।
पोखराको महेन्द्रपुलमा जम्मा भएका केही बिद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतको बिरुद्ध नाराबाजी गर्दै पुत्ला जलाएका हुन् ।
उनीहरुले ‘भारतीय बिस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रो हो’ लगायतका नारा लगाएर मोदीको पुत्ला जलाएका थिए ।
पुत्ला दहन गर्दा गर्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । प्रर्दशनका क्रममा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
