काठमाडौँ । सरकारले नेपाल–भारतबीचको सीमासम्बन्धी समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न आफू प्रतिबद्ध रहेको दोहोयायाउँदै राष्ट्रिय हित र नेपालको सार्वभौमिकतालाई अक्षुण्ण राख्न निरन्तर क्रियाशील रहने बताएको छ।
भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण गरेका सन्दर्भमा प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई सरकारको औपचारिक दृष्टिकोण आज प्रस्तुत गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका पक्षमा नेपाल सरकार दृढताका साथ लागिरहेको बताए।
सरकारले सार्वभौम समानताको सिद्धान्त र राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर छिमेकी राष्ट्र भारतसँग सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न चाहेको स्पष्ट गर्दै लिम्पियाधुराबाट उत्पत्ति भइ बग्ने कालीनदी नै महाकालीको वास्तविक उद्गम भएको र त्यसपूर्वका लिपुलेकलगायत कालापानी क्षेत्र नेपालकै भएको ऐतिहासिक प्रमाण, नक्सा, तथ्य र सुगौली सन्धिलगायत अन्य दस्तावेजले पुष्टि गरेको नेपाल सरकारको अडान दोहोर्याए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
