काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।
उनका अनुसार ति संक्रमित सबै वीरगञ्जका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। संक्रमित मध्ये एक जना २ महिनो बालक पनि रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
