काठमाडौं । अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवक दिवेश पोखरेल टप १० मा पुगेका छन् ।
आइतबार जोन डेनभरक ‘टेक मी होम कन्ट्री रोड’ गीत गाउँदै स्टेजमा पुगेका उनले टप १० मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका हुन ।
टप १० मा उभिन पाउनु र आफ्नो आवाज सबैसम्म पुर्याउन पाउनु सपना बाहिरको कुरा रहेको उनले आफ्नो फेसबुकमार्फत जनाएका छन ।
दिवेशलाई टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट भोट गर्न सकिनेछ । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ ।
अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
