बामदेवलाई प्रतिनिधिसभामा लैजाने र वैशाख २५ गते स्थायी समिति बैठक बस्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे स्थायी समिति बैठक व‌ैशाख २५ गते हुने भएको छ ।

पार्टीमा पछिल्लो समय देखिएको विवादबारे सहमति खोज्न शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी समिति बाेलाउने निर्णय गरेकाे हाे ।

Advertisement

अध्यादेश र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर रस्साकसी भइरहेको बेला त्यसमा सहमति जुटाउन सचिवालय बैठक बसेको हो ।

बैठकले  वैशाख २५ गते स्थायी समिति बाेलाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘स्थायी समितिको बैठकको एजेण्डा तय गर्न वैशाख २४ गते फेरि सचिवालय बैठक बस्नेछ’, उनले भने ।

बैठकमा प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ सहभागी थिए ।

प्रवक्ता श्रेष्ठले उपाध्यक्ष बामदेव गौतमलाई संसदमा ल्याउन उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय समेत भएको बताए ।

More News last news
Loading...