एजेन्सी । पाकिस्तानको तल्लो सदन राष्ट्रियसभाका सभामुख असद कैसर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् ।
उनले स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको अहिले घरमै क्वारेन्टाइनमा रहेको जानकारी गराएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत देशवासीहरूलाई स्वास्थ्यलाभको कामनाका लागि आग्रह गरेका छन् ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उनका छोरा र छोरीमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । कैसरले २४ अप्रिलमा प्रधानमन्त्री इमरान खानसँग भेटघाट गरेका थिए ।
२२ अप्रिलका दिन प्रधानमन्त्री खानको पनि जाँच भएको थियो । उनमा कोरोनाको संक्रमण देखिएको थिएन। पाकिस्तानको सिन्ध प्रान्तका गभर्नरमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
