पोखराको एक फर्निचर उद्योगमा भीषण आगलागी

पोखरा । पोखरा नागढुंगा स्थित एक फर्निचर उद्योगमा शनिबार भीषण आगलागी भएको छ। आगलागीबाट फर्निचरका सामग्रीहरु जलेर नष्ट भएका छन्।

नागढुंगामा डेढ वर्षअघि दुर्गा प्रसाद भट्टराई र बिकास क्षेत्रीले संचालनमा ल्याएको विशेष फर्निचर उद्योगमा विहान ११ः४५ बजे आगलागी भएको हो।

Advertisement

नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत स्थानीयको सहयोगमा दमकल र पानी ट्यांकरको सहायताबाट झन्डै सवा घण्टापछि आगो नियन्त्रणमा लिइएको छ।

More News last news
Loading...