काठमाडौं । नेपाल–भारत सीमा झुलाघाटबाट उद्धार गरेर ल्याइएका एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ।
बैतडीको पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहारको शनिबार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
बिहीबार सीमावारि ल्याइएका लोहारसहितको समूहलाई पहिलो दिन दशरथचन्द नगरपालिकाको स्कुलमा राखिएको थियो। शुक्रबार बैतडीको पुरचौडी नगरपालिकामा ल्याइएको थियो।
शनिबार विहान पुनः पुरचौडीको अर्को क्वारेन्टाइनमा हिँडाएर लैजाँदै गरेका लोहारको बाटोमै मृत्यु भएको डीएसपी पाण्डेले बताए।
कोरोनाको कुनै लक्षण नदेखिए पनि मृतक लोहारको स्वाब परीक्षणका लागि धनगढी पठाइएको छ। डीएसपी पाण्डेका अनुसार एक महिना भारत बसेका लोहारले दमको औषधि खाइरहेका थिए।
हालै महाकालीपारि अलपत्र परेका २६ सय नेपालीको उद्धार गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
