अन्तर्राष्ट्रिय मजदुर दिवस कोरोनाबाट प्रभावित

काठमाडौं । आज अन्तर्राष्ट्रिय मजदुर दिवस। आजको दिन अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिन्छ। तर यसवर्ष कोरोना संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु सवै देशमा स्थगित गरिएका छन्।

विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन वसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ।

Advertisement

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो।

दिवसका अवसरमा राष्टपति, प्रधानमन्त्री लगायतका दलका नेताहरुले शुभकामना दिएका छन् ।

More News last news
Loading...