काठमाडौं । नेपालमा शुक्रबार (आज) थप दुई जनामा कोरोना भाइरस रोगको सङ्क्रमणको पुष्टि भएको छ ।
बाँकेको नेपालगञ्जका ६० वर्षका पुरुष र रुपन्देहीका २५ वर्षका युवकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालका कूल संक्रमितको संख्या ५९ पुगेको छ ।
यसमध्ये हालसम्म १६ जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किसकेका छन् ।
संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि बिहान १० बजेदेखि औषधि पसलबाहेक सम्पूर्ण व्यवसाय बन्द गराएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
