जेठ अन्तिम साता एसईई परीक्षा गर्न सिफारिस

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले एसईई जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ ।

Advertisement

कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने र असार १५ सम्म परीक्षा सक्ने जनाईएको छ ।

साथै एसईई र कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट) मा गर्न पनि सिफारिस गरेको छ । चैत ६ मा परीक्षा लिने गरी १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको थियो ।

तर कोरोना भाइरस का कारण चैत ५ गते बेलुकी मात्र एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिएको थियो ।

More News last news
Loading...