रोल्पामा बम बिस्पोट हुँदा ४ बालबालिकाको घटनास्थलमै मृत्यु

काठमाडौं । रोल्पामा बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको हो ।

Advertisement

बम विस्फोटबाट मृत्यु हुनेमा १४ वर्षीय लोतीराम डाँगी, ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री र १३ वर्षीय गौरव नेपाली रहेका छन् ।

यसबारे थप बुझ्न प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

More News last news
Loading...