नेबिसंघ तनहुँले पठायो प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

तनहुँ । नेपाल विद्यार्थी संघ (नेबिसंघ) जिल्ला कार्यसमिति तनहुँले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ ।

संघका जिल्ला अध्यक्ष चुडामणी खनालको नेतृत्वमा पुगेको टोलीले बिभिन्न ४ वटा मागसहितको ज्ञापन पत्र तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ज्ञापन पत्र पठाएको हो । संघले देश कोरोनाबाट प्रभावित भएको बेलामा अधिनायकवादी नियतका कारण क्षणभरसम्म पनि नटिक्ने विधेयक ल्याएको प्रति आपत्ति समेत प्रकट गरेको छ ।

Advertisement

संघले डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याउने प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ, महेश बस्नेत र नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाललाई कारवाहीको माग राखेको छ । यसैगरी कोरोना भाइरसबाट विश्वभर प्रभावित बनेका नेपालीलाई तत्काल स्वदेश ल्याउनुपर्ने, कोरोना भाइरस बिरुद्धको औषधीमा भएको भष्टाचारको छानबिन र लकडाउनले प्रभावित बनेका विपन्न परिवारलाई राहतको उचित व्यबस्था गर्न माग गरेको छ ।

अपहरण शैलीमा सांसदलाई राजधानी ल्याईएको बिषयमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित कृष्ण कुमार श्रेष्ठको संलग्नता रहेकोले सम्पूर्ण तनहुँबासीको शिर निहुँरिएको भन्दै नेबिसंघ तनहुँले निरन्तर संघर्षका कार्यक्रम गर्दै आईरहेको छ ।

More News last news
Loading...