गण्डकी सरकारले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले कोरोना सङ्क्रमितको प्रत्यक्ष स्वास्थ्यमा खटिनेलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीको अवस्थामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न पाँच वटा निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

Advertisement

त्यसैगरी कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारमा संलग्न जनशक्तिका लागि जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकले प्रदेश विकास परिषद्को पहिलो बैठकले प्रथम पञ्चर्षीय योजना स्वीकृतिका निम्ति सिफारिस गरेकामा त्यसलाई स्वीकृतको गरेको छ।

More News last news
Loading...