रौतहट । रौतहटमा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले रौतहटका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए ।
भारतको कोलकोताबाट फर्केका २५ वर्षीय पुरुष चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका थिए।। जनकपुरको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो।
रौतहटको वृन्दावन नगरपालिका ९ को भुसहा र देवाही गोनाही नगरपालिका १ मा गरी दुई जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको हो ।
दुवै जनालाई प्रदेशको निर्देशनअनुसार वीरगंज कोरोना अस्थायी अस्पतालको रुपमा बनाइएको नारायणी उपक्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखी थप उपचार गर्न लगिँदैछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
