काठमार्डौ । पछिल्लो अन्तरविरोध समाधानका लागि नेकपा सचिवालय वैठक आज बस्दैछ । नेताहरूबीच आज सचिवालय बैठक बोलाएर छलफल गर्ने सहमति भएको छ ।
नेकपामा गहिरिँदै गएको विवादको सहमति खोज्न सोमबार दिउँसो बसेको पार्टीका केपी ओली र माधव नेपाल पक्षबीचको छलफलमा मंगलबार सचिवालय बैठक बस्ने टुंगो लागेको हो।
नेकपामा स्थायी कमिटी बैठक बस्नुपर्ने पनि माग छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्ष स्थायी कमिटी बैठकमै पछिल्लो विवादबारे आफ्नो धारणा राख्ने पक्षमा छन्।
प्रधानमन्त्रीको राजीनामाको माग उठ्ने भयले उनी पक्षले भने बैठक टार्न खोजिरहेको अवस्था छ।
सोमबार भएको छलफलपछि आज मंगलबार सचिवालय बैठक बस्ने र त्यसले स्थायी कमिटी बैठकको मिति तोक्न सक्ने बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
