ओलीसँग क्षमा माग्दै रेडियो नेपालले हटायो बाबुरामको अन्तर्वार्ता

काठमाडौं । रेडियो नेपालमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तर्वार्ता दिने क्रममा प्रयोग गरेको शब्दले सामाजिक सञ्जाल तातेको छ ।

रेडियो नेपालबाट सोमबार बिहान साढे ६ मा प्रत्यक्ष प्रसारित अन्तरसम्वाद कार्यक्रममा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गरेको दाबी गरिएको छ। सरकार नियन्त्रित सञ्चारमाध्यमबाट प्रधानमन्त्रीलाई नै डा. भट्टराईले गाली गरेको भन्दै रेडियो नेपालले सोमबार प्रेस विज्ञप्ति नै निकालेको छ ।

Advertisement

सोमबार विहान अन्तरसंवादका लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई अतिथि थिए। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले डा. भट्टराईले प्रधानमन्त्रीविरुद्ध प्रयोग गरेको शब्दले दुखित बनाएको उल्लेख गरेका छन्।

डा. भट्टराईले प्रधानमन्त्रीलाई प्रयोग गरेको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छु, उनले भनेका छन्, उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण भएकाले आवश्यक सम्पादन गर्न नसिकएको हुँदा क्षमा चाहन्छौं।

कार्कीले अब उप्रान्त रेडियो नेपालको अन्तर्वार्ताका लागि अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत हुने वाचा पनि कार्कीले गरेका छन्। यस विज्ञप्तिसँगै रेडियो नेपालले डा. भट्टराईसँगको अन्तर्वार्ता समेतअनलाइनबाट डिलिट गरिदिएको छ ।

More News last news
Loading...