काठमाडौं । नेपाल सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। अहिले जारी मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो।
पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो।
यसअिघ कोभिड–१९ उच्चस्तरीय समन्वय समितिको हिजो बसेको बैठकले एक साता लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।
नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्का अन्य निर्णयहरु भने आउँन बाँकी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
