काठमाडौं । कोरोना भाइरस विरुद्ध अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई हिमानी ट्रष्टले सुरक्षा सामग्रीहरु प्रदान गरेको छ।
ट्रष्टले पिपिई, मास्क, पञ्जा, सेनिटाइजर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको हो । हिमानी कोषले काठमाडौं मेडिकल कलेजलाई आवश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।
एक कार्यक्रम गरि हिमानी कोषकी उपाध्यक्ष प्रेरणाराज्य लक्ष्मीदेवी सिंहले उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन्। उक्त कार्यक्रममा २० संचारकर्मीलाई समेत आवश्यक सामग्री प्रदान गरिएको थियो ।
कोभिड १९ का कारण उत्पन्न महामारी विरुद्धपनि कोषले सहयोग कार्यक्रममा जानकारी दिईयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
