सुरेन्द्र यादव अपहरणसम्बन्धी उजुरी लिन प्रहरीले मानेन

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध जनता समाजवादी पार्टी, नेपालका नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले उजुरी लिन अस्वीकार गरेको छ ।

आइतबार दिउँसो नेताहरु डा बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरु उजुरी दिन परिसर पुगेपनि उजुरी लिन आनाकानी भएको हो । कार्यालय प्रमुख नभएको बहानामा पुगेको डेढ घण्टा बित्दासम्म पनि उजुरी नलिइएको हो ।
त्यस्तै साढे ४ बजेतिर परिसर प्रमुख श्यामलाल ज्ञवाली कार्यालयमा उपस्थित भएपनि आफूले उजुरी दर्ता गर्न नसक्ने जवाफ थिए ।

Advertisement

उजुरी दर्ता नभएपछि जनता समाजवादीका नेताहरुले आक्रोश व्यक्त गरेका छन् । नेता भट्टराईले ट्वीटरमार्फत आक्रोश पोख्दै भनेका छन्, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ ।

More News last news
Loading...