थप चार जना कोरोना सङ्क्रमित घर फर्किए

काठमाडौं । नेपालमा थप ४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका चारजना सङ्क्रमित निको भएर असपतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

यो सहित नेपालमा कोरोना सङ्क्रमित ५१ जनामध्ये १६ जना उपचारपछि निको भएका छन् ।

More News last news
Loading...