काँग्रेस नेता भण्डारीले गरे तनहुँका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँका १० वटै स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका भण्डारीको सहयोगमा तनहुँ काँग्रेसले करिब ३ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको हो।

Advertisement

पूर्वमन्त्री भण्डारीको सहयोगमा नेपाली काँग्रेस तनहुँले पीपीई, सेनिटाइजर, माक्स, थर्मल गन लगायतका स्वस्थ्य सामाग्री स्थानीय तहलाई बाँडिएको हो ।

यसक्रममा तनहुँ काँग्रेसद्धारा आँबुखैरेनी गाउँपालिकामा आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो।

सो स्वास्थ्य सामाग्री पूर्वमन्त्री भण्डारी र नेपाली काँग्रेस तनहुँका सचिव विश्व वास्तोलाले संयुक्त रुपमा गाउँपालिका अध्यक्ष गिरबहादुर थापालाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै पूर्वमन्त्री भण्डारी र सचिव वास्तोलालो डुम्रेको हेल्प डेस्कमा बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्ण सिं थापा , भानु नगरपालिकामा नगरप्रमुख उदयराज गौलीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

त्यसैगरी पूवमन्त्री भण्डारी र सचिव वास्तोलाले व्यास नगरपालिकामा व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने र नेपाली काग्रेस व्यास नगर सभापति शान्तिरमण वाग्लेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए।

सो अवसरमा नगरप्रमुख बैकुण्ठ न्यौपानेले स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए । रासस

More News last news
Loading...