भैरहवा । लकडाउनपछि भारतका विभिन्न स्थानबाट सीमामा आएर भारतीय क्वारेन्टाइनमा बसेका झन्डै एक सयजना नेपाली आज देश प्रवेश गरेका छन् ।
केन्द्र सरकारले सीमाको क्वारेन्टाइनमा बसेकाबारे निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई दिएपछि उनीहरुलाई ल्याउने निर्णय गरिएको हो ।
२५ दिन पहिले सीमामा आएका उनीहरुलाई भारतको नौतनवामा क्वारेन्टाइनमा राखिएको थियो। “यसरी आउनेको सीमामा नै आरडिटी टेस्ट गरिन्छ। नेगेटिभ आउनेलाई आफ्नै जिल्ला गएर १४ दिन क्वारेन्टाइन बस्नेगरी पठाइन्छ।” कसैको पोजेटिभ आयो भने बुटवलको कोरोना अस्पतालको आइसोलेसनमा राख्ने व्यवस्था मिलाएको नेपाली पक्षले जनाएको छ।
यस्तै नौतनवा क्वारेन्टाइनमा रहेका ३ सय २४ जना नेपाली पनि भोलि शनिबारदेखि नेपाल फर्किँदै छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
