एक नेपालीसहित ६ पर्यटक भारतको गुफामा भेटिए

९ वैशाख, काठमाडौं । भारतमा एक नेपालीसहित ६ जना विदेशी नागरिकलाई गुफाभित्र बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको छ ।

कोरोना संक्रमणबाट बच्न भारतीय सरकारले घोषणा गरेको लकडाउनपछि उनीहरु गन्तब्यमा पुग्न पाएका थिएनन् ।त्यसकारण गुफामा बसिरहेको अवस्थामा उनीहरुलाई फेला पारेको उत्तराखण्ड प्रहरीले जनाएको छ । उनीहरु एक महिनादेखि गुफामा बसिरहेको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

भारतको उत्तराखण्ड राज्यको ऋषिकेश नजिकै एक होटेलमा बसेका उनीहरु होटेलमा खाने बस्ने पैसा नभएर बेखर्ची भएपछि गुफामा पुगेको बयान प्रहरीसमक्ष दिएका छन् । उनीहरु २४ मार्चदेखि गुफामा थिए ।

यसरी बसेका पर्यटकमा चार पुरुष र एक महिला छन् । उनीहरु फ्रान्स, टर्की, युक्रेन, अमेरिका र नेपाली नागरिक भएको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार उनीहरुलाई फेला पारेको थियो ।

उत्तराखण्ड प्रहरीका प्रवक्ता मुकेश चन्दलाई उदृत गर्दै संचारमाध्यमले उल्लेख गरेअनुसार उनीहरुलाई आइतबार प्रहरीले फेला पारेको हो । त्यसपछि ऋषिकेशस्थित एक आश्रमको जिम्मा लगाइएको छ ।

More News last news
Loading...