काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि आफ्नो परिवारका सदस्यको मृत्यु संस्कारमा जानेबाहेकलाई सवारी पास नदिने भएको छ ।
पासको अत्यधिक माग आउन थालेपछि लकडाउन उल्लघङ्न हुन थालेको भन्दै प्रशासनले परिवारका सदस्यको मृत्यु संस्कारमा जानेबाहेकलाई सवारी पास नदिने निर्णय गरेको हो ।
यसअघि अत्यावश्यक कामको लागि प्रशासनले गाडीको पास दिने व्यवस्था थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
