काठमाडौं । कैलालीको लम्की चुहाकी एक महिलामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।
वीरगञ्ज नाकामा चिया पसल गर्दै आएकी ५५ वर्षीया महिलामा कोरोना संक्रमण भएको पाइएको हो। चैत ९ गते लम्कीचुहा आएकी महिला १७ गतेदेखि क्वारेन्टाइनमा बसेकी थिइन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ । टेकुस्थित प्रयोगशालामा परीक्षण गर्दा उनको नतिजा पोजेटिभ देखिएको हो।
नतिजा पोजेटिभ देखिएसँगै ती महिलालाई सोमबार बिहान धनगढीको सेती प्रादेशिक अस्पताल पठाइएको छ। यो सँगै देशभर कोरोना संक्रमितको संख्या १३ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
