काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवारसम्म नयाँ कोरोना संक्रमित नभेटिएको बताएको छ । शनिवार अपरान्ह पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नयाँ कोरोना संक्रमित बिरामी नभेटिएको बताएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार शनिवार साँझसम्म गरिएका नमुना परीक्षणमा कुनै पनि नयाँ बिरामी नभेटिएको जानकारी दिएका हुन् । हालसम्म ९ जनामा कोरोना संक्रमण भएको र एक जना निको भई घर फर्किसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिवारसम्म देशभर ८२ जना व्यक्ति आइसोलेसनमा रहेका छन् ।
जसमध्ये १५ जना काठमाडौं उपत्यका ६७ जना उपत्यकाबाहिर रहेका छन् । हालसम्म ४ हजार ४ सय २६ जनाको नमुना परीक्षण गरिएको र त्यो मध्ये ३ हजार ३ सय ९२ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
बिगत २४ घण्टामा ८ सय ९७ जनाको नमुना संकलन गरिएको पनि मन्त्रालयले बताएको छ । काठमाडौंमा वीर अस्पतालबाट कोरोना परीक्षण सुरु भइसकेको र आइतबारबाट टेकु अस्पतालमा पनि परीक्षण सुरु हुने मन्त्रालयले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
