१० एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएका छन्। गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार १० जनालाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

डीआईजी बढुवाका लागि सिफारिस हुनेमा पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय विशेष सशस्त्र प्रहरी महाशाखा नक्सालमा कार्यरत घनश्याम अर्याल रहेका छन्। अन्वेशषण योजना तथा विकास निर्देशनालयमा कार्यरत प्रकाशजंग कार्की दोस्रो नम्बरमा बढुवा भएका छन्।

Advertisement

बसन्तकुमार पन्त बढुवा तेस्रो नम्बरमा छन् भने ईश्वरबाबु कार्की चौथो नम्बरमा रहेका छन्। पन्त तालिम महाशाखाको जिम्मेवारीमा छन् भने कार्की मानव बेचबिखन ब्युरोमा कार्यरत छन्।

महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका सहकुलबहादुर थापा बढुवाको पाँचौं नम्बरमा परेका छन्। धिरजप्रताप सिंह, बसन्तकुमार लामा रवीन्द्रबहादुर धानुक पनि बढुवाका लागि सिफारिस भएका छन्।

More News last news
Loading...