काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ हजार ७१६ पुगेको छ ।
पछिल्लाे तथ्याङ्क हेर्ने हाे भने काेराेनाका कारण मृत्यु हुनेकाे संख्याले भाेलि (शनिबार) नै एक लाख नाघ्ने देखिन्छ । केहि साता यतादेखि दिनहुँ ७ हजारभन्दा बढीले काेराेनाका कारण ज्यान गुमाइराखेका छन् ।
संक्रमण हुनेकाे संख्या भने १६ लाख नाघेकाे छ । अहिलेसम्म विश्वभर १६ लाख ३४ हजार ४३३ जना काेराेनाबाट संक्रमित भएकाे वर्ल्डो मिटर्स जनाएकाे छ । सङ्क्रमितमध्ये ३ लाख ६९ हजार ४४० जना भने उपचारपछि घर फर्किएका छन् । अहिले ११ लाख ५१ हजार २७७ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ४९ हजार १२५ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली, अमेरिका, स्पेन त्यसपछि फ्रान्स पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार २७९ पुगेको छ ।
सबैभन्दा बढी काेराेना संक्रमण हुने देश हाे अमेरिका । मृत्यु हुनेमा भने अमेरिका दाेस्राे नम्बरमा पर्छ । अहिलेसम्म अमेरिकामा ४ लाख ६८ हजारभन्दा बढीमा काेराेनाकाे संक्रमण भएकाे छ । बिहीबार मात्रै अमेरिकामा ३३ हजारभन्दा बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
