खाडी र मलेसियामा रहेका २९ जना नेपाली कोरोना संक्रमित

काठमाडौँ । खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमित नेपाली श्रमिकको सङ्ख्या २९ पुगेको छ। अहिलेसम्म बहराइनमा १२, यूएईमा ११, साउदीमा ४, कुवेतमा १ र मलेसियामा १ जना गरी जम्मा २९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको पाइएको छ । तर यूएईमा भने दुई जना निको पनि भइसकेका छन्। ९ जनाको अस्पतालमा उपचार भइरहेको छ।

खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले त्यहाँको सरकारले पनि सुरक्षा सतर्कता बढाएको छ। तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस्।

Advertisement

विश्वका दुई सय ९ देशका १३ लाख ४६ हजार ९७४ जनामा सङ्क्रमण फैलिसकेको छ। ७४ हजार ७०२ जनाको ज्यान गएको छ भने दुई लाख ७८ हजार ६९८ जना निको भएका छन्।

More News last news
Loading...