काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाबारे जानकारी दिने वेब एपको निर्माण गरेको छ ।
सोमबारदेखि सञ्चालन हुने गरी कांग्रेसले ‘कोभिड १९ स्व परीक्षण एप’ ल्याएको हो । उक्त एपमा कोरोनाबारे अत्यावश्यक जानकारीका साथै विश्व र नेपालको ताजा अपडेट पनि राखिएको कांग्रेसले जनाएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले एप सञ्चालनमा ल्याएको एपले महामारी फैलिएको खण्डमा संक्रमित व्यक्तिको घर पहिचान गरेर उसलाई अस्पतालसम्म पुर्याउन सरकार वा स्वयमसेवीहरूलाई सहयोग पुर्याउने विश्वास लिईएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
