काठमाडौँ । नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नयाँ गर्भरनमा नियुक्त गरेको हो । गभर्नर छनौट सिफारिस समितिले गरेको सिफारिसका आधारमा अधिकारीलाई राष्ट बैंकको गर्भनर नियुक्त गरेको हो ।
यसअघि गर्भनर सिफारिस समितिले अधिकारीसहित पूर्वअर्थसचिव डा. राजन खनाल र चिन्तामणि सिवाकोटीको नाम सिफारिस गरेको थियो ।
चैत ५ गतेदेखि यसअघिका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएसँगै नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरका रुपमा चिन्तामणि शिवाकोटीलाई जिम्मेवारी दिइएको थियो । सरकारको निर्णयसँगै अधिकारी राष्ट्र बैंकको १७ औं गभर्नर भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
