काठमाडौँ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि पुन थप गरेको छ ।
कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि गप गरेको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको संख्या थपिँदै गएपछि दोस्रोपटक पुनः चैत २५ गतेसम्म थपेको थियो ।
त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय वैशाख ३ गतेसम्मको लागि थप्ने निर्णय गरेको हो । सरकारले लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । यद्यपी, खाद्यान्न तथा अत्यावश्यक वस्तु र ठूला आयोजना सञ्चालन गर्न भने दिने निर्णय गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
