राहत वितरणमा कुटपिटको समाचारबारे चापाकोट नगरपालिकाको आपत्ती

काठमाडौं । राहत बितरण गर्ने क्रममा कुटपिट गरिएको भन्ने सम्बन्धमा चापाकोट नगरपालिकाले गम्भीर आपत्ती प्रकट गरेको छ ।

आइतार साँझ एक बिज्ञप्ति निकाल्दै स्याङ्जा चापाकोट नगर पालिकाले घटनाका सम्बन्धमा नगर प्रमुख शिब गिरीको नाम जोडेर केहि सञ्चारमाध्यममा आएको समाचारप्रति आपत्ती प्रकट गरेको हो ।

Advertisement

बिज्ञप्तिमा भनिएको छ, ‘राहत बितरण का क्रममा चापाकोट नगरपालिका ६ पुग्दा स्थानीय सुमन बिकले नगरपालिकाले राहत बितरण गरेको ठाँउमा आइ नगरपालिकाले बितरण गरेको राहत नलिन आग्रह गर्दै असहज बाताबरण सिर्जना गर्नुका साथै भिडियो खिच्दै नगरपालिकाले दियको राहत थोरै भएको भन्दै यति राहत त म आफै दिन्छु नलिय हुन्छ भनी राहत कार्यक्रममा अवरोध सिर्जना गरेका थिए ।’

उक्त क्रममा भिडियो खिचिरहदा त्यस वरिपरिका स्थानीयले भिडियो नखिच्न आग्रह गर्दा पनि उनले नमाने पछी सामान्य धकला धकल मात्र भएको चापाकोट नगरपालिकाका प्रेस प्रमुख विश्व भट्टराइले नयाँपुस्तालाई बताए । नगरपालिकाले राहत बितरणमा तीब्रता दिदा केही दिन अगाडि पनि चापाकोट नगरपालिका वडा नम्बर २ मा पनि केही ब्यक्तिहरुले राहत बितरणमा असहज बाताबरण सिर्जना गर्न खोजेका थिए ।

कोरना भाइरस रोकथामका लागि गरिएको लकडाउनका बेला खर्च धान्न समेत गाह्रो भएका विपन्न र ज्यालादरी गरेर खर्च धान्नुपर्ने परिवारलाई नगरपालिकाले सम्पूर्ण वडालाई समान रुपमा परिवार संख्या हेरर बितरण गरिरहेको छ । यसअघि आइतबार केहि स्थानीय एवं राष्टिय सञ्चारमाध्यममा चापाकोट नगर प्रमुख गिरीको समूहले राहत बाड्न जाँदा स्थानीयलाइ कुटपिट गरेको समाचारहरु प्रकाशन एवं प्रसारण भएका थिए ।

More News last news
Loading...