अनलाइन बन्द गर्ने बिषयमा अनलाइन पत्रकार संघले दियो यस्तो चेतावनी

काठमाडौं । अनलाइन पत्रकार संघले विभिन्न १७ वटा अनलाइन संचारमाध्यमलाई नेपालभित्र बन्द गर्न नेपाल दूरसंचार प्राधिकरणलाई पत्राचार गरेकोमा आपत्ति जनाएको छ।

विश्वभर संक्रमण फैलिरहेको कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशभर लकडाउन गरेर सावधानीका विभिन्न उपाय अपनाइरहेको समयमा अनुमानका भरमा र पुष्टि नै नभएका तथा समाजलाई आतंकित र उत्तेजित पार्ने खालका समाचार दिएको आधार बनाएर नेपाल प्रेस काउन्सिलले मिडिया नै बन्द गराउन पत्राचार गर्नु गैरसंवैधानिक काम भएको जनाएको छ ।

Advertisement

संवैधानिक व्यवस्था विपरित केही अनलाईन मिडिया बन्द गर्ने प्रेस काउन्सिलको निर्णयप्रति अनलाईन पत्रकार संघले सरकारको ध्यानाकर्षण गराउँदैं मिडिया बन्द गर्ने निर्णयबारे संघले विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकार कुण्ठित नगर्न अनुरोध गरेको हो ।

संघका अध्यक्ष शिवप्रसाद सत्यालद्वारा जारी विज्ञप्तिमा, ‘सम्भावित संक्रमण रोक्न सरकारले विशेष निर्णय गरेको मौका छोपेर पत्रकारितामाथि गरिएको यो प्रकारको प्रहार अनलाइन पत्रकार संघलाई सह्य छैन, कुनै पनि बहानामा अनलाइन संचार माध्यम बन्द गर्ने गराउने कार्यको अनलाइन पत्रकार संघ घोर निन्दा र भत्सना गर्दछ, अनलाइन पत्रकार संघ यस्तो गैरसंवैधानिक र गैरकानुनी कार्य तत्काल रोक्न सम्बन्धित सरोकारवालालाई आग्रह गर्दछ ’ उल्लेख छ ।

More News last news
Loading...