काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडानको आज दशौं दिन पुगेको छ। अरुबेला सँधै भीडभाड र व्यस्त देखिने काठमाडौं प्रायः सुनसान देखिएका छन् ।
कोरोनाको संक्रमण फैलन नदिन सरकारले देश नै लकडाउन गरेको दश दिन पूरा भएको हो । बिहान र दिउँसो दुध, खाद्याान्न, पानी, ग्याँस, औषधि लगायतका अत्यावश्यक सामग्री बोकेका सवारी साधन चलेका छन् भने सुरक्षाकर्मीले पनि चेकजाँचलाई केहि खुकुलो पारेका छन् ।
सरकारले भीडभाड कम गर्न देश नै लकडाउन गरेपनि सरकारले नै सञ्चालन गरेको सहुलियत खाद्य पसलमा भने भिडभाड नै देखिन्छ । सरकारले पहिले गरेको लकडाउनको समयावधि थपेर आगामी चैत २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । संक्रमण फैलन नदिन गरिएको यो निर्णय स्वागतयोग्य भएपनि रोजीरोटीका लागि दैनिक संर्घण गर्ने मानिसको राहतका लागि उचित विकल्प दिनपर्छ ।
विश्वभर फैलिएको कोरोना नेपालमा पनि देर्खा पर्दा अहिलेसम्म पाँच जना संक्रमित देखिएका छन् । संक्रमति सबै विदेशबाट नेपाल आएका नेपाली नागरिक हुन् । कोरोनाको महामारीबाट बच्न अहिले विश्वको करिव एक तिहाई जनसंख्या लकडाउनका कारण घरभित्रै बस्न वाध्य छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
