बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका व्यक्तिको रिर्पोट आयो

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ ।

परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

Advertisement

उनको अर्को रिपोर्ट आउन भने बाँकी रहेको जनाइएको छ । उनी वैदेशिक रोजगारीबाट यही चैत ६ गते स्वदेश फर्किएका थिए ।

घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले उनी एक हप्तासम्म घरमै आराम गरी बसेका थिए ।

एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा आइतबार पठाइएको थियो।

More News last news
Loading...