अन्तर्राष्ट्रिय हवाई उडान वैशाख ३ गतेसम्म रोक्ने सरकारको निर्णय 

काठमाडौं । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ ।

कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो ।

Advertisement

सरकारले यस अघि चैत ८ देखि १८ गतेसम्म हवाई उडान रोक्ने निर्णय गरेको थियो । कोरोनाको सङ्क्रमणको त्रास बढेपछि सरकारले पूर्ववत निर्णयअनुसार नै अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन समय थप गरेको हो ।

More News last news
Loading...