इटहरीका मेयर द्वारिकलाल चौधरीको अराजकता कहिलेसम्म ! 

काठमाडौं । पत्रकारलाई अपशब्द प्रयोग गर्दै गाली गलौज गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा तानिएका छन् ।

कोभिड १९ सम्बन्धी जनचेतना दिलाउने उद्देश्यले स्थानीय एरिना टेलिभिजनबाट सञ्चालित टेलिभिजन कार्यक्रममा कुराकानीका लागि टेलिफोन गर्दा प्रश्नै नसुनी पत्रकार भन्नासाथ चौधरीले मुख छाड्दै अपशब्द प्रयोग गरेर गाली गरेपछि पुन एकपटक विवादमा तानिएका हुन् । उनले गाली गरेको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Advertisement

एरिना टीभीमा सुस्मिता राईले जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेकी थिईन् । त्यही कार्यक्रमको लागि मास्टर कन्ट्रोल रुमबाट प्राविधिक पत्रकार राजन कट्वालले बिहीबार मेयर चौधरीलाई फोन गरेका थिए । तर, चौधरीले एक्कासी आक्रोसमा आएर गाली गरेका हुन् ।

घटनाको निन्दा गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले मेयर चौधरीले अहिलेको संकटको बेला स्थानीय सरकारको प्रमुखको हैसियतमा जिम्मेवार बन्नुपर्नेमा उल्टै सत्यतथ्य विवरण र सूचना दिनुको साटो पत्रकारलाई दुर्व्यहार गरेको जनाएको छ । यसअघि पत्रकार विराट अनुपम नाकको डाँडी भाँचिदिने भन्दै धम्की दिएका मेयर चौधरीले इटहरीकै अन्य पत्रकारलाइ पनि पटक पटक दुव्र्यबहार गरेका छन् ।

More News last news
Loading...