एजेन्सी । स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ८९ पुगेको छ । विश्वमा इटालीपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या स्पेनमा धेरै पुगेको हो ।
स्पेनी स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत स्पेनमा ५६ हजार १८८ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ६५५ को मृत्यु भएको हो । यसअघि बुधबारअघिको २४ घण्टाको अवधिमा ७३८ जनाको मृत्यु भएको थियो ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट चीनभर तीन हजार २९१ पुगेको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकले जनाएको छ । मार्च १३ देखि स्पेनमा राष्ट्रिय आपतकाल र लकडाउन घोषणा गरिएको छ । स्पेनका उच्च स्वास्थ्य अधिकारीले मृत्यु हुनेको संख्या स्पेनमा अझै बढ्नसक्ने बताएका छन् ।
यसअघि १५ दिनका लागि लकडाउन घोषणा गरिएक पनि प्रधानमन्त्री पेड्रो सान्चेज्ले आइतबार राष्ट्रिय आपतकाल थप १४ दिन बढाउने बताएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
