काठमाडौं । इटलीमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या ३७ पुगेको छ ।
त्यहाँका चिकित्सकहरुको पेशागत संगठनले जनाएअनुसार ३७ स्वास्थ्यकर्मीले कोरोना संक्रमितको उपचारमा संलग्न भएका कारण आफैँ संक्रमित भएर ज्यान गुमाउनु परेको हो ।
पछिल्लो समय कोरोनाभाइरसको निकै ठूलो प्रभाव देखिएको इटलीमा ७० हजार संक्रमित देखा पर्दा ७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
