निजी अस्पतालप्रति यसरी खनिए पूर्वराजा, संवेदनशीलतालाई मनन गर्न सरकारलाइ सुझाव

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निजी अस्पतालले देखाएको रवैयाको आक्रोस पोखेका छन् ।

कोरोना भाइरसका कारणका कारण देशनै प्रभावित भएको बेला संक्रमणको आशंकामा जचाउन पुग्ने नागरिकलाई निजी अस्पताल परीक्षण नगरेको भन्दै शाहले आक्रोस पोखेका हुन् ।

Advertisement

बिहीबार एक ट्वीटमार्फत शाहले भनेका छन्, ‘कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देशभित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेलापछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ ।’

केही निजी अस्पतालले कोरोनाको आशंकामा परीक्षणमा पुगेका विरामीको जाँच नगरेको गुनासो आइरहेको बेला पूर्वराजाले यस्तो बताएका हुन् । पूर्वराजाले संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्नेमा जोड समेत दिएका छन् ।

More News last news
Loading...