काठमाडौँ । कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा कलाकार प्रकाश सपूतको दुई लाख रकम सहयोग गरेका छन्।
सोमबार आफ्नो फेसबुक स्टाट्स मार्फत प्नधानमन्त्रीलाई सम्बोधन गर्दै उनले आफूले कमाएको रकमबाट २ लाख रकम सहयोग स्वरुप दिएको बताएका हुन्।
उनले यो रकम कसको नाममा दिने निधो नभएको कारण हस्ताक्षर गरेर चेक पत्रकार महासंघ बाग्लुङका अध्यक्षको रोहबरमा महासंघको कार्यालयमा पठाएको बताएका छन्। उनले यो रकम सरकारले जहाँ राम्रो हुन्छ त्यहा चलाए हुन्छ भनेर बताएका छन्।
साथै उनले कोरोना भाइरस संक्रमण जोखिम घटाउनको शहर लक डाउन गर्ने निर्णय र नागरिकको घरमा पर्याप्त खाद्यान्न नभएकोले बेलैमा सरकारलाई यसबारे सचेत हुन पनि आग्रह पनि गरेकन छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
