काठमाडौं । काठमाडौंमा एकजनामा काेराेना सँक्रमण भेटिएकाे छ । फ्रान्सबाट आएका एक जना १९ बषीय महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अायाेजना गरेकाे पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको संक्रमणको अवस्थाबारे जानकारी दिएका छन्।
उनले एक जनामा संक्रमण देखिएको बताएका छन्। उनी चैत ४ गते फ्रान्सबाट काठमाडौं आएकी थिईन् । उनकाे टेकु अस्पतालमा उपचार भइरहेकाे छ ।
केही साताअघि चीनको वुहानबाट फर्किएका एक व्यक्तिमा पनि सङ्क्रमण भएको देखिएको थियो।
अहिले उनी स्वस्थ भइसकेको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
