वीरगन्जका एक ब्यापारीलाई कोरोनाको संक्रमण

काठमाडौं । वीरगन्जका एक जना व्यापारीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरका ६७ बर्षिय शिवकुमार रुङ्गटा कोरोना संक्रमित भएको र उनको विहारको पट्नामा उपचार भईरहेको भारतीय सञ्चार माध्यमहरुले बताएका हुन् ।

Advertisement

केही समय अघि मिर्गौला प्रत्यारोपण गरिएका रुङ्गटा दुबईबाट फर्किएको र उनलाई केही दिनअघि खोकी लाग्ने र ज्वरो आउने भएपछि उपचारका लागि विहारको पटना लगिएकोमा उपचारका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

उनलाई पटनामै आईसोलेसनमा राखेर उपचार गरिएको र उनको परिवारलाई आइसोलेसनमा पठाइएको छ । परिवारका सदस्यहरुमा संक्रमण भएको पुष्टि नभएको जनाइएको छ ।

More News last news
Loading...