ललितपुरका यी ठाउँमा ३ दिन दिनभरि नै बत्ती जाने

ललितपुर । ललितपुरका विभिन्न क्षेत्रमा तीन दिन दिनभरि नै बत्ती जाने भएको छ ।

पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ के भी लाइनको स्तरोन्नति गर्नुपर्ने भएकोले मङ्गलबार, आउँदाे बिहीबार र शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिजुली कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Advertisement

मङ्गलबार, बिहीबार र शनिबार चुनिखेल, छम्पी, सल्यानटार, इटाहिटी, कामीडाडा, टिकाभैरव, देवीचौर, बुरुङ्गचुली क्षेत्रलगायत फर्पिङ फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बत्ती जानेछ ।

निर्धारित समयअघि नै स्तरोन्नतिको काम सम्पन्न भए तालिकामा तोकिएभन्दा छिटो नै बिजुली आउने पनि प्राधिकरणले जनाएको छ ।

More News last news
Loading...