अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। उनी कोरोना भाइरस संक्रमण भएको अष्ट्रेलिया सरकारको पहिलो सदस्य हुन्।
शुक्रबार विहान आफू उठ्दा ज्वरो आएको र घाँटी दुखेको गृहमन्त्री डटनले उल्लेख गरेका छन्। त्यसपछि तुरुन्तै क्वीन्सल्याण्ड स्वास्थ्य विभागमा सम्पर्क गरेर कोरोना भाइरस संक्रमण परीक्षण गराएका उनमा पोजेटिभ रिपोर्ट आएको हो।
अहिले गृहमन्त्री डटन अस्पताल भर्ना भएका छन्। उनले विज्ञप्ति जारी गरेर आफ्नो अवस्था अहिले ठीक रहेको बताएका छन्।मंगलबार मन्त्रिपरिषद बैठकका लागि गृहमन्त्री डटन राजधानी सिड्नी गएका थिए। त्यतिबेला प्रधानमन्त्री स्कट मोरिसन र मन्त्रिपरिषदका अन्य सदस्यसँग बैठक गरेका थिए।
मार्च महिनाको सुरुमा गृहमन्त्री डटन अमेरिका गएका थिए। अघिल्लो हप्ता अष्ट्रेलिया फर्केका उनी कमर्सियल फ्लाइटमार्फत ब्रिसबेन र सिड्नी ओहोरदोहोर गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
